युवा संघ कञ्चनपुरको अधिवेशन विवाद छानबिन गर्न कार्यदल गठन – Nepal Press

युवा संघ कञ्चनपुरको अधिवेशन विवाद छानबिन गर्न कार्यदल गठन

कैलाली । नेकपा एमाले सचिवालय बैठकले राष्ट्रिय युवा संघ कञ्चनपुर अधिवेशनमा भएको विवादबारे छानबिन गर्न कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलको सदस्यमा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह सदस्य रहेका छन् । उक्त कार्यदललाई साउन २७ गते कञ्चनपुर राष्ट्रिय युवा संघमा देखिएको विवाद र वडाध्यक्ष कुटिएको विषयमा छानबिनको कार्यादेश दिइएको छ ।

भएको के थियो ?

शनिबार राष्ट्रिय युवा संघ कञ्चनपुरको विवाद झगडामा परिणत भएको थियो । उक्त झगडामा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रवीन्द्र देवकोटा कुटिएका थिए । उनको धनगढी पछि अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

राष्ट्रिय युवा संघको १० औं जिल्ला अधिवेशनमा नयाँ कमिटी गठनलाई लिएर विवाद सुरू भएको थियो । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले घोषणा गरेको युवा संघको नयाँ कमिटीको काउन्टरमा समानान्तर कमिटी गठन गरिएको छ ।

बस्नेत सहभागी अधिवेशनको बन्द सत्रले दिनेश विस्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरेको थियो भने असन्तुष्ट युवाहरूले नवीन चन्दको नेतृत्वमा ५१ सदस्यीय समानान्तर कमिटी गठन गरेका थिए ।

अधिवेशनमा विवाद भएपछि वडाध्यक्ष कुटिएको प्रहरीले जनाएको छ । यस विषयमा थप छानबिन ज्ञवाली संयोजक रहेको कार्यदलले गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर