पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुल्यो – Nepal Press

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग खुल्यो

बैतडी । पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनः सञ्चालन आएका छन् ।

गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो ।

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ आफ्नो गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावितसमेत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर