महाकाली नदीमा बढ्यो बहाव, शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन रोक – Nepal Press

महाकाली नदीमा बढ्यो बहाव, शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन रोक

कैलाली । महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए ।

उनकाअनुसार एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर