कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

२०८० साउन २९ गते ६:३८

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।
गत शुक्रवार देखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाइएको छ ।
समसामयिक राजनीतिक विषय, सांसद सुनिल शर्मा पक्राउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा छलफल भइरहेको छ ।
हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरूले आ आफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर