अनितादेवी साह संघीय मामिला मन्त्री बन्दै, सोमबार शपथ


काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहको भोलि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिने भएकी छन् । आजै शपथ गराउने तयारी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किन ढिला भएकाले भोलिका लागि सारिएको हो ।
प्रधानमन्त्री प्रचण्डले पार्टीबाट सरकारमा रहेका अमनलाल मोदी फिर्ता बोलाएर साहलाई मन्त्री नियुक्त गनेका हुन्। बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
शाहको भोलि बिहान १० बजे शपथ हुनेगरी तयारी भएको छ ।
असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो । जनमत पार्टीले साहको नाम २६ असारमै सिफारिस गरेको थियो ।