मुगुका छाेरीहरूसँग बालकाेटमा ओलीकाे टाइमपास – Nepal Press

मुगुका छाेरीहरूसँग बालकाेटमा ओलीकाे टाइमपास

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व लिएका मुगुका दुई किशोरी हिजो विदाका दिन बालकोट पुगे । ओलीले उनीहरुसँग केही समय बिताए ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले त्यहाँका दुई किशोरी ठन्ले साङ्मु लामा र छिरिङ लामाको अभिभावकत्व ग्रहण गरेका थिए । मुगुमा विद्यालय अनियमित भएर पढ्न नपाएपछि उनीहरूलाई ओलीले काठमाडौँको एक आवासीय विद्यालयमा पठनपाठनको व्यवस्था मिलाएका छन् ।

विद्यालय बिदाको बेला बेलाबखत बालकोट पुग्छन् । हिजो ओलीसँग भेट्दै उनीहरुले घुम्न जाने इच्छा व्यक्त गरेका थिए । हिजो आफ्नो फुर्सद नमिलेको ओलीले बताएका छन् । सो भेटका क्रममा बालिकाहरुका आमासँग ओलीले भिडियो कलमा कुरा गराइदिएका थिए ।

‘राम्रोसँग पढ्छु भनेका छन्। अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ ।खुशी छन् छोरीहरु’ ओलीले सामाजिक सञ्जालमा ललेखेका छन् ।

त्यतिमात्रै होइन ओलीले विभिन्न दुर्गम र मधेशका जिल्लाका गरिब २ दर्जन बालबालिकालाई अभिभावकत्व दिएर पढाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर