मधेशमा एमालेका ३० हजार नयाँ सदस्यलाई एकैदिन सपथग्रहण गराइने – Nepal Press

मधेशमा एमालेका ३० हजार नयाँ सदस्यलाई एकैदिन सपथग्रहण गराइने

काठमाडौं । नेकपा एमाले मधेश प्रदेश कमिटीको संगठन र आर्थिक विभागको बैठक पार्टी कार्यालय जनकपुरमा सम्पन्न भएको छ । बैठकले आगामी असोज ५ र ६ गते आयोजना हुने पार्टीको प्रदेश अधिवेशनको तयारीका लागि विभिन्न कार्य योजना प्रस्तावित गरेको छ ।

बैठकले अधिवेशनको प्रयोजनका लागि संगठित सदस्यताको प्रमाणीकरण यही साउन मसान्तभित्रमा संगठन विभागबाट गराउने र प्रमाणीकरण भएका सदस्यले मात्र प्रतिनिधि चुनिने/चुन्ने अधिकार प्रयोग गर्न पाउने निर्णय गरेको छ ।

बैठकले नयाँ संगठित सदस्यको शपथ ग्रहण (करिब ३० हजारको) एकै दिन प्रदेश निर्वाचन क्षेत्र स्तर (६४ स्थान) मा आयोजना गर्ने निर्णय गरेको एमालेका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । ।

बैठकले प्रदेश अधिवेशनका लागि प्रतिनिधिको छनौट एकै दिन भाद्र २६ गते गर्ने र प्रतिनिधिको छनौट गर्दा समावेशीको साथै ३० वर्ष मुनिका युवाहरूलाई प्राथमिकता दिने प्रस्ताव गरेको छ ।

बैठकले आन्तरिक श्रोतको परिचालन गर्ने गरी बजेट प्रस्ताव गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर