माधव नेपालमाथि अदालतको आदेश संशयपूर्ण छ : मन्त्री भुसाल – Nepal Press

माधव नेपालमाथि अदालतको आदेश संशयपूर्ण छ : मन्त्री भुसाल

महोत्तरी । एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष डा‍‍ बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानबिनको लागी दिएको आदेश नै संशयपूर्ण भएको बताएका छन् ।

अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताए ।

‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वाभाविक भएको बताइरहेको वेला हामीले त्यसलाई संशयको रूपमा लिएका छौ’, मन्त्री भुसालले भने । यद्यपि छानबिनलाई आफ्नो पाटीले सदैव सहयोग गर्ने उनको भनाइ छ  ।

अध्यक्ष माधव नेपाललाई अदालतले छानबिन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको बताए । अध्यक्ष नेपाल पूर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश गएको बताउँदै भाग्यो या भगायो भन्नू प्रतिशोधपूर्ण भावना भएको जिकिर गरे ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि बताए ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपालमाथि अदालतको आदेश संशयपूर्ण छ : मन्त्री भुसाल

  1. कालिमाटीको सटरमा कमाउने र वालुवाटारको जग्गाबाट कमाउने एउटै हुन् । मिल्छन् । थाहा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर