एमाले लुम्बिनीले तयार बनायो प्रशिक्षक – Nepal Press

एमाले लुम्बिनीले तयार बनायो प्रशिक्षक

रुपन्देही । एमाले लुम्बिनी प्रदेश पार्टी स्कुल विभागले प्रदेशस्तरमा प्रशिक्षण अभियान व्यापक बनाउन प्रशिक्षक तयार पारेको छ ।
एउटा जिल्लामा कम्तिमा चार जना प्रशिक्षक तयार पारिएको हो ।

दाङको देउखेरीमा ५ दिनसम्म सबै जिल्लाबाट समेटिनेगरी प्रशिक्षक प्रशिक्षण आयोजना गरेर तयार पारिएको हो ।स्कुल विभागले आयोजना गरेको कार्यक्रममा सबै जिल्लाबाट सहभागिता रहेको थियो ।

तालिमको प्रशिक्षकमा केन्द्रीय उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याल, नेताहरु लीला गिरी, वाइपी आचार्य, डा. रामबहादुर रावत, घनश्याम कोइराला, लक्ष्मण ज्ञवाली, बद्री खनाल, हिम क्षत्री, बलबहादुर आचार्य, सिर्जना काफ्ले लगायत रहेका थिए।

समापन कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वैचारिकरुपमा स्पष्ट नभएसम्म पार्टी संगठन बलियो हुन नसक्ने, जसका लागि पार्टीको विचार, नीति र सिद्धान्त अनुसार चल्नुपर्ने बताए ।

उनले पार्टीलाई बलियो बनाउन वैचारिकरुपमा स्पष्ट हुनुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीले अवलम्बन गरेको विचार उन्नत र नेतृत्व कुशल रहेको बताइन् । ‘भविस्य राम्रो छ’ उनले भनिन् , ‘सफलता सपना होइन, यथार्थ हो ।’ प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी मेनका पोख्रेल, अमृत बुढाले प्रशिक्षण प्रभावकारी भएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर