पत्नी सीताको मृत्युको महिनादिनमा प्रचण्ड चितवनमा


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन् । उनी कुनै पनि औपचारिक कार्यक्रम बिना हिजो चितवन आएका हुन् ।
उनी हिजो आएर शिवनगर स्थित निजी निवासमा बसेका छन् । पत्नी सीता दाहालको निधन भएको आज महिना दिन भएको छ । उनी पत्नीको मृत्युपछि महिनादिनको शुद्धीकरण गर्न चितवन आएको बुझिएपनि जिल्ला स्थित पार्टीका कुनै संयन्त्रले यसबारे पुष्टि गरेका छैनन् ।
माओवादी निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश ज्ञवालीले उनी नितान्त पारिवारिक भेटघाटमा चितवन आएको बताए ।
प्रधानमन्त्रीले सचिवालयको सदस्य समेत नलिइ आउनुभएको छ, उनले नेपाल प्रेससँग भने ।यद्यपि पत्नी सीताको मृत्युपछिको महिनादिनको कुनै धार्मिक काम गर्न आए नआएकोबारे जानकारी नभएको बताए ।
चितवन आएपछि गएराति अबेर गरि युवा दिवसको अवसरमा एउटा कार्यक्रम भने तय गरिएको छ ।