सुनिल शर्मालाई स्वागत गर्न खादा लिएर पुगे दुर्गा प्रसाईं


काठमाडौं । कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं हतारिँदै जिल्ला अदालतको दैलोमा पुगे । खादासमेत बोकेर गएका उनले शर्मालाई त्यहाँ स्वागत गर्न भने पाएनन् ।
जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माले सांसद शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् । आदेशपश्चात शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)तिर लगिएको छ । त्यहीबाट उनलाई रिहा गरिने छ ।
व्यवसायी प्रसाईं भने शर्मालाई खादा लगाइदिन नपाएपछि निराश देखिएका थिए । शर्मा पक्राउ भएलगत्तै पनि प्रसाईं उनलाई भेट्न हिरासत पुगेका थिए । शर्माको पक्षमा उनले अभिव्यक्ति दिइरहेका छन् ।
एउटा बाँदरले अर्काेबाँ रलाइ भेटेछ ।
😁😄😃😀😆