बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी – Nepal Press

बाल यौन दुर्व्यवहारको आरोपमा प्रधानध्यापक र शिक्षकविरुद्ध उजुरी

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका- ११ मा रहेको चण्डेनी माध्यामिक विद्यालयका दुई शिक्षकविरुद्ध बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

विद्यालयका प्रधानध्यापक ४२ वर्षिय हेमराज वि.क र ३२ वर्षिय शिक्षक बलेन्द्र भट्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा बाल यौनदुर्व्यवहारको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

पीडित बालिकाहरुका अनुसार साउन २१ गते शिक्षकहरुले दुर्व्यवहार गरेका थिए । पीडित ३ जना बालिकाहरुले बिहिबार प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि शिक्षकहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाहरु हाल अभिभावककै संरक्षणमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर