ललिता निवासको अनुसन्धानबाट जोगाउन सरकारले माधव नेपाललाई विदेश भगाएको छ : सांसद ज्वाला शाह (भिडिओ) – Nepal Press

ललिता निवासको अनुसन्धानबाट जोगाउन सरकारले माधव नेपाललाई विदेश भगाएको छ : सांसद ज्वाला शाह (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी सांसद ज्वाला शाहले ललिता निवास जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने माधव नेपाललाई सरकारले विदेश भगाएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘सरकार सही ढंगले सञ्चालन गरेको भए आज ललिता निवास प्रकरणमा छानबिनमा ल्याउनुपर्ने व्यक्तिलाई विदेश भगाइएको छ ।’

उनले एमालेकी विमला पौड्याल परराष्ट्रमन्त्री हुँदा सरकारले इगो साँधेर विमानस्थलबाट फर्काएको दाबी गरिन् । उनले माधव नेपाललाई विदेश जानबाट नरोकेर गलत काममा साथ दिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर