सदन अवरोधमा राष्ट्रपतिको चासो- आज सभामुखसँग भेट्ने – Nepal Press

सदन अवरोधमा राष्ट्रपतिको चासो- आज सभामुखसँग भेट्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता तय भएको छ । शीतल निवासमा बिहान पौने १० मा भेटघाट तय भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

निरन्तर सदन अवरोधप्रति चासो राख्दै राष्ट्रपति पौडेलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए ।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन ।

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा रहे पनि कुरा मिल्न सकेको छैन ।

आज पनि दिउँसो १ बजे संसद बैठक बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर