अख्तियार प्रमुख राई र अमेरिकाका ग्लोबल एन्टी करप्सन संयोजक नेफ्युबीच भेट – Nepal Press

अख्तियार प्रमुख राई र अमेरिकाका ग्लोबल एन्टी करप्सन संयोजक नेफ्युबीच भेट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र अमेरिकाका ग्लोबल एन्टी करप्सन संयोजक रिचर्ड नेफ्युबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका नेफ्युले बिहीबार टंगालस्थित अख्तियार कार्यालय पुगेर राईलाई भेटेका हुन् ।

भेटका क्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अभियानमा अमेरिका र नेपालबीच हुनसक्ने सहयोग, समन्वय र सहकार्य तथा भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय सूचना आदानप्रदानबारे छलफल भएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *