भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या, १३ मिनेटपछि काठमाडौं नै फर्कियो

२०८० साउन २५ गते १६:३५

फाइल तस्बिर
काठमाडौं । भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजको इन्डिकेटरमा समस्या आएपछि १३ मिनेटमा काठमाडौं अवतरण गरेको छ ।
उडान नम्बर ८१७ को बुद्ध एयरको जहाज १ः५३ बजे उडेको थियो । उड्दाउड्दै समस्या आएपछि १ः५३ मा काठमाडौं विमानस्थलमै ल्याण्ड भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले नेपाल प्रेसलाई जानकारी दिए ।
जहाजमा ७० जना यात्रु थिए । उनीहरुलाई अर्को जहाजमार्फत भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर