गरिबसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालकको जागिर अवधि एक वर्ष थपियो – Nepal Press

गरिबसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालकको जागिर अवधि एक वर्ष थपियो

काठमाडौं । सरकारले गरिबसँग विश्वेश्वर कार्यmक्रम सञ्चालन गरिरहेका ३३८ स्थानीय तहलाई कार्यक्रम कार्यान्वयनका लागि परिपत्र गरेको छ ।

कार्यक्रम सञ्चालन गरिरहेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई कार्यान्वयनका लागि परिपत्र गरेको हो ।

जसमा ७७ वटै जिल्लाका ३३८ स्थानीय तहमा यो कार्यक्रम कार्यान्वयनमा रहेको, आर्थिक वर्ष २०८०/०८१ मा आवश्यक विनियोजन बजेट मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएको भन्दै सोही कार्यक्रमलाई नै स्वीकृत वार्षिक कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी कार्यक्रम कार्यान्वयन गर्न परिपत्रमा भनेको छ ।

यस्तै २०८० असार मसान्तसम्म यस कार्यक्रम अन्तरगत कामकाज गर्दै आइरहेको, ५८ वर्ष उमेर नपुगेका, कार्य सम्पादन राम्रा भएका सामाजिक परिचालकलाई अर्को व्यवस्था नभएमा त्यसै बमोजिम हुने गरी अहिलेलाई २०८० साउने एक गतेदेखि २०८१ असार मसान्तसम्म सेवा करार अवधि थप गरी कामकाज गर्ने व्यवस्था मिलाउने भनेको छ ।

मन्त्रालयले गरिबसँग विश्वेश्वर कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तहले कार्यक्रम अन्तरगतको बजेट सूचना प्रणालीमा प्रविष्ट भएको बजेट खर्च गर्दा विभिन्न आठ वटा निर्देशन तथा सर्तको परिधि भित्र रहेर मात्रै खर्च गर्न पनि निर्देशन दिएको छ ।

जसमा गरिबसँग विश्वेश्वर कार्यक्रम कार्यान्वयनका लागि तोकिएको बजेट शीर्षकबाट प्राप्त हुने सशर्त चालू तथा पूँजीगत अनुदानको रकम प्रचलित कानून बमोजिम स्थानीय तहले तयार गरेर त्यसै अनुरूप कार्यक्रम कार्यान्वयन गर्न, लेखा राख्न र तोकिए बमोजिम प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *