आन्दोलनरत निर्माण व्यवसायीले स्कुटर चालकमाथि गरे हातपात – Nepal Press

आन्दोलनरत निर्माण व्यवसायीले स्कुटर चालकमाथि गरे हातपात

काठमाडौं । विगत केही दिनदेखि आन्दोलनमा रहेका निर्माण व्यवसायीहरूले स्कुटर चालकमाथि हातपात गरेका छन् ।

काठमाडौंको बिजुली बजार पुल छेउमा व्यवसायीहरूले स्कुटर चालकमाथि हातपात र अपशब्द प्रयोग गरेका हुन् ।

बीच सडकमा जाम गरेर बसेका व्यवसायीहरूलाई ती चालकले किन यसरी जनतालाई दुःख दिनुहुन्छ भनेपछि उनीहरू आक्रोशित भएका थिए ।

आक्रोशित भिडले त्यही निहुँमा उनीमाथि अपशब्द बोल्दै हातपात गरेको एक प्रत्यक्षदर्शीले बताए ।

पछि प्रहरीले स्कुटर चालकलाई छुटाएर लगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *