बन्दना राणालाई राष्ट्रसंघीय कमिटीमा तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न सरकारको अनुमति – Nepal Press

बन्दना राणालाई राष्ट्रसंघीय कमिटीमा तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न सरकारको अनुमति

काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीडा) को सदस्यता नेपालबाट बन्दना राणले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएकी छन् ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले राणलाई सीडा समिति सदस्यमा आगामी २०२५ देखि २०२८ को कार्यकालका लागि नेपालको तर्फबाट तेस्रो कार्यकालको लागि उम्मेदावरी पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

राणा ३ वर्षअघि न्युयोर्कमा भएको निर्वाचनमा १३७ मुलुकको मत पाएर सीडाको अध्यक्षमा दोस्रो कार्यकालका निर्वाचित भएकी थिइन् । उनी सन् २०२१ देखि २०२४ को कार्यकालका लागि निर्वाचित हुँदा १९ जना उम्मेदवारमध्ये सर्वाधिक मत पाउने तेस्रो बनेकी थिइन् ।

उक्त कमिटीमा काम गर्ने राणा पहिलो नेपाली हुन् । सन्चारिका समूहकी संस्थापक अध्यक्ष समेत रहेकी राणाले लैंगिक समानता र महिला अधिकारको पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पैरवी गर्दै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *