नेविसङ्घ समानान्तर कार्यसमिति घोषणा गर्ने तयारी, सानेपामा भेला बोलाइयो


काठमाडौं । नेपाल विद्यार्थी संघमा समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेपाल विद्यार्थी संघमा सदस्य थप गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले नेविसंघ समानान्तर कार्यसमिति घोषणाको तयारी गरेको हो ।
नेविसंघको विधानले १५१ सदस्य मात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेविसंघ त्रिविका नेता योगेन्द्र रावलले बताए ।
उनले भने, ‘विद्यार्थीले पनि नचिन्ने, नेविसंघको विधानले पनि नचिन्ने कार्यसमिति विरुद्ध आन्दोलन हो । एक चेत भएको विद्यार्थीका लागि यो कदापि स्वीकार्य हुन सक्दैन । १२ औँ महाधिवेशन सुनिश्चित गर्न पनि हामीले विद्रोह सुरु गरेका हौँ ।’
पार्टीले दुजाङ शेर्पालाई ६ महिनाभित्र केन्द्रीय अधिवेशन सक्ने गरी जिम्मेवारी दिए पनि उनले डेढ वर्षसम्म कुनै इकाईको अधिवेशनसमेत गर्न नसकेको बताए ।
उनले भने, ‘नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई ६ महिनामा केन्द्रीय अधिवेशन गर भनेर जिम्मेवारी दिइएको थियो । तर डेढ वर्षसम्म एउटा जिल्ला, एउटा इकाईमा पनि अधिवेशन गर्न सकेनन् । यस्ता असफल व्यक्तिलाई कारबाही हुनुपर्नेमा पुरस्कृत गरिएको छ । यो स्वीकार्य हुन सक्दैन ।’
२ बजे पार्टी कार्यालय सानेपामा समानान्तर केन्द्रीय कार्यसमितिको घोषणा गर्ने तयारी गरिएको छ ।
विधि बिधान बिपरित रहेर आफ्नै पाटी सरि मनमर्जी गर्ने बन्द गर्नुस सभापती ज्यु पाटिका मान्छे साथै जनप्रतिनिधि हरु पनि भएकाछन यहाँ केन्द्रिय सदस्य यस्तालाइ तुरुन्त छानबिन गरि खारेजका माग गर्दछु।
जय नेपाल !!!