खोलाले बगाउँदा एक जना बेपत्ता – Nepal Press

खोलाले बगाउँदा एक जना बेपत्ता

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

मरहा खोलाले मङ्गलवार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *