महावीर पुनले बिक्रीमा राखेका पदक सरकारलाई फिर्ता दिने – Nepal Press

महावीर पुनले बिक्रीमा राखेका पदक सरकारलाई फिर्ता दिने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले बिक्रीमा राखेका पदकहरु सरकारलाई फिर्ता दिने भएका छन् ।

उनले केही दिनअघि आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखानाका लागि खर्च जुटाउन नेपाल सरकारबाट प्राप्त दुई मेडलसहित अन्तर्राष्ट्रिय मेडलहरुको लिलाम बिक्रीका लागि राखेका थिए । त्यसमा गृह मन्त्रालयले पुनलाई बोलाएर मेडल बेच्न नपाइनेबारे सजग गराएको पुनले सामािजक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।

‘रुटिन अफ नेपाल बन्दसहित केही मिडियामा मेडल बिक्रीका विषय आएका थिए । गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ’, उनले फेसबुकमा लेखेका छन्, ‘त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’

तर उनले अन्य अन्तर्राष्ट्रिय मेडलहरू बेच्न भने कुनै राेकटाेक नभएकाे भन्दै बिक्री गरिने बताएका छन् ।

यस्ताे छ स्टाटस:

 


प्रतिक्रिया

One thought on “महावीर पुनले बिक्रीमा राखेका पदक सरकारलाई फिर्ता दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *