मकवानपुरमा पहिरोले पुरिएका घिसिङको १४ घण्टापछि जीवित्तै उद्धार


बागमती । मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे दोभानमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनामध्ये एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
पहिरोले पुरिएर हराइरहेका सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकरेका अन्दाजी १७ वर्षीय पासाङ घिसिङको सकुशल उद्दार गरि उपचारको लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ । पहिरोले घर बगाउँदा बेपत्ता घिसिङलाई १४ घण्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो । घिसिङ थप उपचारको लागि हेटौंडा पठाइएको प्रहरीको भनाइ छ ।
भारी वर्षासँगै मंगलबार बिहान सिक्रे दोभानका स्थानीय ६० वर्षीय अक्कलबहादुरको स्याङतानको घर बगाउँदा उनीसँगै उनको श्रीमती ५५ वर्षीया सन्त स्याङता उनको छोरी २२ की शिला पहरी, ज्वाई २५ वर्षी जिवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ की दिब्या पहरी र पाहुना लागी बास बसेका सिन्धुली हरिहरपुरका पासाङ घिसिङ बेपत्ता भएका थिए ।
बगाएका मध्ये सन्त मायाको उद्धार गरिए पनि उनको उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।