झरी पर्न थालेपछि भीमदत्त राजमार्गको पहिरो हटाउने कार्य रोकियो – Nepal Press

झरी पर्न थालेपछि भीमदत्त राजमार्गको पहिरो हटाउने कार्य रोकियो

कैलाली । भीमदत्त राजमार्गको पहिरो हटाउने कार्य रोकिएको छ । सोमबार राति देखी परेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने सडक अवरुद्ध भएको थियो ।

आज बिहानै देखी उक्त सडकमा पहिरो हटाउने कार्य सुरु गरिएको थियो । तर, अहिले झरी परेपछि पहिरो हटाउने कार्य रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले जानकारी दिए ।
‘ठुलो पानी परेपछि अहिले पहिरो हटाउने कार्य रोकिएको छ ’ उनले भने, ‘पानी रोकिएपछि फेरी सुरु हुन्छ ।’

गोदावरी नगरपालिका-४ स्थित बुढितोलाको भावर टोलमा करिब १ सय मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ। ३ सय मिटर सडक भासिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले पहिरो हटाउन सुरु गरेको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहितका मन्त्रीहरूले पनि उक्त सडकको निरीक्षण गरेर सडक चाँडै सुचारु गर्ने गरि पहिरो हटाउन निर्देशन दिएका थिए । तर, अहिले झरीका कारण उक्त काम प्रभावित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर