पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने सरकारको निर्णय (भिडिओ)


काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृति गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट स्वीकृत गर्ने निर्णय गरेको हो । नीतिले कानून बनाउने बाटो खोलेको छ । भने साइबर सुरक्षा विधेयक अघि बढाउन पनि अब बाटो खुलेको छ ।
त्यस्तै, बैठकले पाँच रुपैयाँका दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । मंगलबारको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।