एमालेको नाराबाजीपछि संसद बैठक स्थगित (भिडिओ)


काठमाडौं । नेकपा एमालेले फेरि अवरोध गरेपछि आजको संसद बैठक स्थगित भएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसद अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठक अब भोलि दिउँसो १ बजे बस्नेछ ।
एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आइरहेको छ । तर, गृहमन्त्रीले सिआईबीको अनुसन्धानमा शंका रहे नयाँ शिराबाट जान सकिने बताए ।
उनले भने, ‘सुन काण्डमा संसदीय समिति बनाएको पनि हेर्यौं । त्यसको प्रतिवेदनको कुनै कार्यान्वयन भएन । सरकारले छानबिन समिति बनायो त्यसले ३३ किलो सुन त के एक ग्राम पनि पत्ता लगाउन सकेन । त्यसकारण उच्चस्तरीय छानबिन समिति बनाएर हुन्छ के रु राज्यको संयन्त्रलाई जिम्मा दिएपछि त्यसलाई विश्वास गर्नुपर्छ ।’
तर, गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौँलाले उठेको बिषयभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताए ।
उनले संसद सरकारको कारणले अवरोध भएको दाबी गर्दै गृहमन्त्रीले एमालेप्रति आरोप लगाउँन खोजेका बताए ।