पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाले पाए भ्रष्टाचार आरोपमा सफाई

२०८० साउन २३ गते १७:५८

काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका पथरी शनिश्चरे नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धमलासहित ६ जनाले सफाई पाएका छन् ।
विशेष अदालतले मंगलबार उनीहरुलाई सफाई दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकालाई पोखरी निर्माणका लागि प्राप्त गरेको रकम हिनामिना गरेको आरोपमा धमलासहित ६ जनाविरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुले २४ लाख २७ हजार ५४५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र खुशीप्रसाद थारुको इजलासले उनिहरुलाई कसुरबाट सफाई हुने फैसला सुनाएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर