एमालेलाई माओवादीको प्रश्न- सुन प्रकरणमा भइरहेको अनुुसन्धानलाई सहयोग गर्न केले छेक्यो ? (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले गरेको राम्रा काममा सहयोग गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभामा बैठकमा बोल्दै उनले सुन प्रकरणमा छानविनका लागि सहयोग गर्न केले छेक्यो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘धेरै पहिले सुडान घोटालाको प्रशंग उठ्यो । कहिले वाइडवडी, एनसेल प्रकरण, सेक्युरेटि प्रिन्टिङ प्रेस, ओम्नी जस्ता बिषयहरु पहिला पनि उठ्ने गरेका हुन् । ललिता निवास जग्गा प्रकरणमा अहिलेको सरकारले खोजी गरेर विषयलाई धन्यवाद दिन नसक्ने ? शरणार्थी प्रकरणमा छानबिनको प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा गृहमन्त्रीलगायतलाई सम्मान गर्न सक्दैनौं ? सुन प्रकरणमा पहिला पनि सररकार र गृहमन्त्री हुनुहुन्थ्यो । सुन आउने जाने भइरहेकै रहेछ तर यही सरकारले खोजेर यो प्रकरण रोक्ने कुरालाई सहयोग गर्न केले रोक्यो ?’
उनले राज्यकै संयन्त्रले छानविन गरिरहेको बेलामा अर्को समिति आवश्यक नभएको बताए ।