पर्वतका पत्रकारविरुद्ध फेसबुकमा लेखेको आरोपमा फोटो पत्रकार आरके अदिप्तविरुद्द पक्राउ पुर्जी – Nepal Press

पर्वतका पत्रकारविरुद्ध फेसबुकमा लेखेको आरोपमा फोटो पत्रकार आरके अदिप्तविरुद्द पक्राउ पुर्जी

काठमाडौं । पर्वतका फोटो पत्रकार तथा कालीगण्डकी बचाऊ अभियानका अभियान्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पर्वतका पत्रकारहरूविरुद्ध फेसबुकमा लेखेको आरोपमा साइबर अपराधमा किटानी जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । गिरीले पर्वतका सक्रिय पत्रकारहरू नेता, दलाल, माफिया र तस्करहरूको गोजीमा रहेको भन्दै आरोप लगाएका थिए ।

उक्त आरोपले व्यक्तिगत जीवनमै असर गरेको भन्दै उनीविरुद्ध पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले किटानी जाहेरी दिएका हुन् । विवाद सुल्झाउन समाधानको उपाय खोजी गरिएकोमा पार नलागेपछि पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले नेपाल प्रेसलाई बताए ।

‘केही पत्रकार साथीहरुले नै उहाँविरुद्ध किटानी जाहेरी गर्नुभएको थियो हामीले मौखिकरूपमा समस्या समाधान गर्ने प्रयत्न गर्‍यौं यद्यपि सो सफल हुन नसकेपछि पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ भने गरिएको छैन’, न्यौपानेले भने ।

गिरीले कालीगण्डकीमाथि चलिरहेको गैरकानूनी दमनविरुद्ध मुकदर्शक बनेको भन्दै पत्रकारको भूमिकामाथि प्रश्न उठाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर