निरन्तर ओरालो लाग्दै शेयर बजार, २८ अंकले घट्यो नेप्से – Nepal Press

निरन्तर ओरालो लाग्दै शेयर बजार, २८ अंकले घट्यो नेप्से

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ ।

साताको पहिलो दिनबाटै लगातार ओरालो झर्दै गएको नेप्से परिसूचक आज २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा कायम भएको छ । यसअघि आइतबार ३८ र सोमबार ३ अंकले बजार घटेको थियो ।

यस्तै, बजारमा ४८ लाख ६० हजार ७४१ कित्ताको खरिदबिक्री भइ १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम घटेको छ ।

मंगलबार शेयर बजारमा गिरावट भएपनि स्वरोजगार लघुवित्त विकास बैंकको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । यसदिन विकास बैंकको सेयर ६९ अंकले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कारोबारका आधारमा आईएमई लाइफ इन्सयोरेन्स कम्पनी लिमिटेड १७ करोड ८९ लाख ३२ हजार २०२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

मंगलबार बजार पूँजीकरण २९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *