प्रतिनिधिसभाको बैठकअघि सभामुखले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

२०८० साउन २३ गते १३:५३

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्।
बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको हुन्।
बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘तीन बजे सदन खोल्ने सहमति भएको छ। त्यसअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्नुहुन्छ।
आजको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले जवाफ दिने सहमति भएको छ।’
प्रतिक्रिया