रिलायबल लाइफ इन्सुरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ? – Nepal Press

रिलायबल लाइफ इन्सुरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आईपीओ बिक्री खुला भएको छ । मङ्गलवार (साउन २३ गते) कार्यालय समयबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुला भएको हो ।

इन्सुरेन्सले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा ल्याएको हो ।

यसअघि १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ। कर्मचारी र म्युचुअल फन्डलाई ५/५ प्रतिशत छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुल्न भएको हो ।

९६ लाख कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर आवेदन भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।

कम्पनी कस्तो हो ?

रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यस कम्पनीको प्रतिसेयर आम्दानी १३.६१ रुपैयाँ हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा यसले एक अर्ब २० करोड नाफा गरेको अनुमान गरिएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस कम्पनीले ४ अर्ब ६३ करोड ८१ लाख ५८ हजारको जीवन बीमा कोष खडा गरेको छ । आ.व. २०७८/०७९ मा

लगानीको प्रतिफल औसत १०.१० प्रतिशत रहेको छ । एको छ । कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको आफ्नो जारी पूँजी मध्ये २ अर्ब ८० करोड संस्थापक सेयर धनीहरूबाट चुक्ता भइसकेको तथा बाँकी रहेको एक करोड २० लाख कित्ता बराबर एक अर्ब २० करोड को धितोपत्र सार्वजनिक निष्काशन गरी बाँटफाँट गरेपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब हुनेछ । रिलायबल जीवन बीमा व्यवसायको कारोबार गर्ने बिमा कम्पनी हो ।

यसको संस्थापक निर्धन उत्थान वित्तीय संस्थाका सिइओ जनार्दनदेव पन्त, नेपाल सरकारको पूर्व महान्यायाधिवक्ता सुशील कुमार पन्त, देउराली जनता फर्मास्यूटिकल प्रा.लि. को संस्थापक अध्यक्ष हरि भक्त शर्मा लगायत १४ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर