फेरि जुटे सभामुखसहित शीर्ष नेता, खुल्ला त सदन ? – Nepal Press

फेरि जुटे सभामुखसहित शीर्ष नेता, खुल्ला त सदन ?

काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक जारी छ ।

सुन प्रकरणमा छानबिन समिति बनाउने एमालेको अडानमा हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः जुटेका हुन् ।

प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतक र सचेतकहरू सहभागी छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि गत १२ साउनदेखि नै संसद् अवरुद्ध हुँदै आएको छ ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौँ बैठकहरू निष्कर्षमा निस्कन सकेका छैनन् ।

आजको बैठक उपयुक्त निर्णयमा पुर्‍याउन सरकार गम्भीर हुने विश्वास लिएको एमालेका सचेतक महेश बर्तौँलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर