यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९५ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा कायम गरिएको छ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ १ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसामा खरिदबिक्री गर्न सकिने जनाउँदै राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ । भने बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ तथा कुवेती दिनार १ को खरिद मूल्य ४२९.४८ पैसा विक्रीदर ४३१.४३ पैसा कायम गरिएको छ ।