सिद्धबाबा सुरूङमार्ग क्षेत्रमा पुनः पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध – Nepal Press

सिद्धबाबा सुरूङमार्ग क्षेत्रमा पुनः पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

रुपन्देही । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड अन्तर्गत रामापिथेकस पार्क नजिकै पहिरो जाँदा मङ्गलवार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

वर्षापछि झरेको पहिरोले बाटो अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङजा हिँडेका सवारी साधन उपल्लो सिद्धबाबा नजिकै रोकिएका छन् ।

पाल्पा, गुल्मी, पोखराबाट बुटवलतर्फ आउँदै गरेका सवारी साधन भने दोभानमा रोकिएको दोभान प्रहरी चौकीले बताएको छ ।

हेडबक्स नजिकै सिद्धबाबा सुरुङ मार्ग निर्माणस्थल नजिकै रामापिथेकस पार्क छ । त्यही पार्क नजिक पहिरो गएको हो ।

सुरुङ मार्ग निर्माण स्थलमा पनि पहिरो गएको छ । निर्माणाधीन सुरुङ मार्गका दुवैतर्फका रिवमा पहिरोले क्षति पुराएको छ ।

सोमबार यहीँ नजिकै गुडिरहेको गाडीमाथि ढुंगा खस्दा तीनजना घाइते भएका थिए । यो क्षेत्रमा सुरूङमार्गको काम सुरूवात भएका ठाउँमा बढी पहिरोले क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर