हिजोदेखि भएको वर्षाले मधेशका किसानलाई ठूलो राहत – Nepal Press

हिजोदेखि भएको वर्षाले मधेशका किसानलाई ठूलो राहत

जनकपुरधाम । हिजोदेखि मधेशका जिल्लाहरूमा वर्षा भएपछि किसानहरूलाई राहत भएको छ ‌। हिजो मधेशका केहि भागमा र रातिदेखि सबै क्षेत्रमा हल्का वर्षा भएको हो ।

अहिले पनि सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा सहितका स्थानमा हल्का वर्षा जारी छ । किसानहरूले यो वर्षालाई अमृतको रूपमा लिएका छन् । वर्षाले खेतमा पानी नलागे पनि ‘वाटर लेभल’ रिचार्ज भएको छ ।

लामो समयदेखि वर्षा नभएपछि अधिकांश किसान धान रोप्न पाएका छैनन् । अहिलेसम्म मधेशमा करिब ३५ प्रतिशत रोपाई मात्र भएको छ। विद्युतीय मोटर र डिप बोरिङको सहयोगमा केहि किसानले रोपेको धान समेत सुक्न थालेको थियो ।

वाटर लेभल तल गएपछि चापाकल, ईनार र डिप बोरिङहरु पनि सुक्न थालेर खानेपानीको पनि ठाउँ ठाउँमा समस्या देखिएको छ । तर राति भएको वर्षाले वाटर लेभल रिचार्ज भएपछि अब खानेपानीको समस्या केहिहदसम्म समाधान हुने देखिएको छ ।

खडेरीको अवस्थामा हिजोदेखि भएको वर्षाले ठूलो राहत मिलेको लक्ष्मीनियाका किसान अशोक यादवले बताए । उनले भने, ुविद्युतीय मोटर र डिप बोरिङले पानी हालेर रोपेको खेतमा पानी लागेको छ । यसरी बीच बीचमा वर्षा भयो भने उब्जा भइहाल्छ । तर फेरी वर्षा भएन भने खडेरीको सामना गर्नुपर्छ ।ु
अहिले पनि बादलले आकाश ढाकेको छ । मौसम विभागका अनुसार तराई मधेशमा दुईरतीन दिन अझै वर्षाको सम्भावना छ । अब कहिलेकाहीँ हल्का वर्षा भए रोपिसकेको धान उब्जिहाल्ने किसानहरूको विश्वास छ ।

न्यून वर्षा भएर धान रोपाई थोरै भएको र रोपिएको धानहरु पनि सुक्न थालेपछि धनुषा, महोत्तरी, सप्तरी लगायतका जिल्ला विपद् व्यवस्थापन समितिले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन संघ र प्रदेश दुवै तहका सरकारलाई सिफारिस पनि पठाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *