काठमाडौंमा भारी वर्षा, नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

२०८० साउन २३ गते ७:३१

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभरि नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ ।
काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ ।
भारी वर्षापछि विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर