आईजीपीसँग महान्यायाधिवक्ताको छलफल- आवश्यक देखिए पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानमा ल्याउन निर्देशन – Nepal Press

आईजीपीसँग महान्यायाधिवक्ताको छलफल- आवश्यक देखिए पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानमा ल्याउन निर्देशन

काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि विकसित घटनाक्रमबीच सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरबीच छलफल भएको छ ।

सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने प्रधानमन्त्रीसम्मलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेपछि कुँवर र पोखरेलबीच भेट भएको हो ।

स्रोतका अनुसार पोखरेलले आवश्यक परे तत्कालीन प्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानमा ल्याउन आईजीपी कुँवरलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

One thought on “आईजीपीसँग महान्यायाधिवक्ताको छलफल- आवश्यक देखिए पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानमा ल्याउन निर्देशन

  1. अब आएगा खेलने मजा ! शरणार्थी प्रकरण ठुला माछा फुत्कने, सुन काण्ड ठुला माछा नसमात्ने , बालुवाटार कान्ड ठुला माछा समातिने कि टाय टाय फिस् ! जनता हेरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *