अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको म्याद तीन वर्ष थप

२०८० साउन २२ गते १८:२१

काठमाडौं । सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको म्याद तीन वर्ष थप गरेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, आदेश २०७३ को दफा २३ अनुसार सरकारले समितिको म्याद तीन वर्ष थप गरेको हो ।
शहरी विकास मन्त्रालयले २०८३ असार मसान्तसम्म म्याद थप गरेको सूचना राजपत्रमा प्रकाशित गरेको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर