तीन दलका शीर्ष तहमा कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

२०८० साउन २२ गते १६:५२

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेपछि बैठक पटक पटक नबसी स्थगित हुँदै आइरहेको छ ।
सदनको अवरोध खुलाउनेबारे प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुख छलफल गरिरहेका छन् ।
छलफलमा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड भने समिति बनाउन तयार छैनन् ।
प्रतिक्रिया
सम्बन्धित खवर