सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला

२०८० साउन २१ गते १५:०२
सल्यान । सल्यानको शारदा नगरपालिका-१४ मा एकजना महिलाको शव भेटिएको छ ।
शव घरदेखि टाढा मकै बारीमा घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।
आइतबार बिहान घर नजिकै मकै बारीमा अन्दाजी ४८ वर्षीया प्रमिला गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दामोदर केसीले जानकारी दिए ।
उनी घर नफर्केपछि उनका श्रीमान् खडगबहादुर गिरीले मकै बारीमा खोज्दै जादा बारीको डिलमा मृत अवस्थामा फेला परेको केसीले बताए ।
घटना के कसरी भएको हो भन्ने बारे थप अनुसन्धन भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर