अनैतिक गतिविधि बढेको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध – Nepal Press

अनैतिक गतिविधि बढेको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरभित्रका मन्दिरमा बस्न निषेध गरेको छ । मन्दिरका सिँढी र सतलमा प्रेमी–प्रेमिकाहरु मध्यरातसम्म डेटिङ आउने र अनैतिक क्रियाकलाप गर्ने स्थानीयको उजुरीपछि सो निर्णय भएको हो ।

मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्दै केही स्थानीयले युवा–युवतीलाई प्रहरी बोलाएर हटाएको भिडिओ सामाजिक संजालमा भाइरल भइरहेका बेला महानगरले यस्तो निर्णय गरेको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले पुष्टि गरे ।

मेयर चिरिबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको उनले बताए । मन्दिर क्षेत्रमा महानगर प्रहरी समेत परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *