सामाजिक संजाल अति नै हुन थाले, नियन्त्रण गर्नुपर्छ भन्ने कुरा आएको छ : कानूनमन्त्री गुरुङ (भिडिओ)


काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सामाजिक सञ्जालले अति नै गर्न थालेको भन्दै यस्ता छाडा गतिविधि नियन्त्रण गर्नेबारे शीर्ष तहमा छलफल भएको स्वीकार गरेका छन् ।
नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकबारे छलफलमा सहभागी भएका मन्त्री गुरुङले मिडियालाई नभएर सोसल मिडियालाई नियन्त्रण गर्नेबारे शीर्ष नेताहरूको बैठकमा छलफल भएको बताए ।
उनले भने– म आफू उपस्थित भएको एकदमै सानो तर शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले,जे पायो त्यही गरेको छ । मलाई त सुनै सुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको हो । तर मिडियालाई नियन्त्रण गर्ने गरी विधेयक बनाउनुपर्छ भन्ने कुरा आएको छैन।
सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको उनले बताए । कार्यक्रममा पत्रकार नेताहरूले मिडिया नियन्त्रण गर्ने ढंगले विधेयक आउन लागेको भन्दै विरोध जनाएका थिए ।
शिक्षक कुटने गुण्डाको मुद्दा फिर्ता, ज्यानमारालाई आममाफी दिएको भन्दा पनि अति त होइन होला ?