सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध – Nepal Press

सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ ।

उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर