हेटौंडामा ठूलाे परिणाममा एम्पुल लागूऔषधसहित एकजना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले ठूलो परिणामको लागू औषध सहित एकजनालाइ पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा- १५ रातोमाटे चेकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बीरगंजबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ ख २३९८ नंबरको यात्रुवाहक बसको सह चालकलाई लागू औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा धोविनी गांउपालिका वडा नं. ४ बस्ने वर्ष २२ को साकिर खान रहेको प्रहरीको भनाइ छ ।
सह चालक खानले गाडीको डिक्की भित्र चामलको बोरा मुनी लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागुऔषध डाईजेपाम ५०० एम्पुल, फेनारगन ४९८ एम्पुल, नुफिन ५०० एम्पुल गरी जम्मा १४९८ एम्पुल प्रहरीले बरामद गरेको छ ।