एमाले फर्किन लागेका सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य नेकपा एसबाट निष्कासित – Nepal Press

एमाले फर्किन लागेका सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य नेकपा एसबाट निष्कासित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेमा फर्किन लागेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पटकपटक सम्झाउँदा पनि नमानेकाले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

कर्माचार्य शनिबार चौतारामा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दैछन् ।

खतिवडाले भने- पार्टीको नीति कार्यक्रम,संगठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा क्रियाकलाप गरी अनेकौपटक सम्झाउँदा पनि पार्टी हितका विरुद्ध गतिविधि गरकोले कर्माचार्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।


प्रतिक्रिया

One thought on “एमाले फर्किन लागेका सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य नेकपा एसबाट निष्कासित

  1. These desertions and UML re-entry are only the tip of the iceberg. What awaits Makune and his fellow crooks in his artificially formed, philosophy-blind and killer (Maoist) friendly, Holy Wine party is nothing less than an avalanche whose very nature is that it happens slowly for some time and then suddenly. Then the game is over. For ageing Makune and his elderly fellows in the party, they are going to be forced out of politics at the fag end of their lives a disgraceful denouement that is much deserved due to their history of unprincipled political promiscuity and boundless corruption. Finally, Karmacharya has come to his senses.

Leave a Reply

Your email address will not be published. Required fields are marked *