को हुन् प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ ? – Nepal Press

को हुन् प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ ?

काठमाडौं । संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ । श्रेष्ठ सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीपछि वरिष्ठतम न्यायाधीश हुन् ।

२०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ सरकारी सेवामै लामो समय रहेर सर्वोच्चमा पुगेका हुन् । सन् १९५९ अक्टोबर ६ तारिखमा डोटीको सिलगढीमा जन्मिएका उनले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन् ।

सन् १९८२ अप्रिल ९ मा उनले शाखा अधिकृतको अस्थायी दरबन्दीमा सरकारी सेवा सुरु गरेका थिए । त्यसको दुई वर्षपछि सुदूर पश्चिम क्षेत्रीय अदालतमा उनी शाखा अधिकृत भएका थिए। सन् १९८८ फेब्रुअरी ६ तारिखमा श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त भएका थिए ।

उनी सर्वोच्चको न्यायाधीश नियुक्त हुनुअघि सन् २०१४ मा पुनरावेदन अदालत हेटौंडाका मुख्य न्यायाधीश नियुक्त भएका थिए ।

श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएमा सन् २०२४ को अक्टोबर ५ तारिखसम्म बहाल रहनेछन् ।


प्रतिक्रिया

One thought on “को हुन् प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ ?

  1. नेपाली मिति हाल्न सकिँदैन? नेपालमा जागिर खको कुरो छ। इस्वी संवत् राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *