एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित – Nepal Press

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेको छ ।

बैठक सुरु हुने बित्तिकै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले एक सय किलो सुन तस्करीमा सरकार तथा गृहमन्त्रीकै संलग्न रहेको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले बैठकमा सहभागी भएर आफ्ना धारणा राख्न सकिने भन्दै बैठक सञ्चालन गर्न दिनका लागि अनुरोध गरेका थिए ।

एमाले सांसदले उभिएरै निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सेनाले अर्को बैठक साउन २२ गते आइतबार दिउसो एक बजे स्थगित भएको जानकारी गराएका थिए ।

प्रमुख प्रतिपक्ष दलका सांसदले करिव १० मिनेट आफ्नो सिटमै उभिएर केहि नबोली सुनसान बिरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर