संवैधानिक परिषद्को बैठक बस्दै – Nepal Press

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बोलाइएको छ ।

मंगलबारको बैठकले कुनै निर्णय गर्न सकेको थिएन । दलहरुले सहमित जुटाउन नसक्दा मंगलबारको बैठक स्थगित भएको थियो ।

यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ । त्यसपछि सर्वोच्च कामूको भरमा चल्ने देखिएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर