सुदूरपश्चिमका २ मन्त्री र एक राज्यमन्त्रीले शपथ खाए – Nepal Press

सुदूरपश्चिमका २ मन्त्री र एक राज्यमन्त्रीले शपथ खाए

कैलाली । सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरु रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए । राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर